१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २१ बिहीबार ०८:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रोल्पामा बालविवाह नघटेकोमा चिन्ता

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २१ बिहीबार ०८:५८:००

रोल्पामा बालविवाह बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बालविवाह अन्त्यका लागि स्थानीय तहले गरेका प्रयास उपलब्धिमूलक भए पनि उल्लेख्य परिणाम भने आउने नसकेको उनीहरूको भनाइ छ ।रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापाले बालविवाह अन्त्यका लागि नगरपालिकाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरेर काम गरिरहे पनि अन्त्य गर्न भने नसकिएको बताए ।

‘बालविवाह कानुन र सामाजिक संरचनाबीचको अन्तर्विरोधका कारण पनि न्यूनीकरण हुन कठिनाइ भएको छ,’ नगर प्रमुख घर्तीले भने, ‘बालविवाह न्यूनीकरणमा देखिएका समस्यालाई मसिनो गरी अध्ययन गरेर कानुनी प्रावधान र सामाजिक संरचनाको समायोजन गरेर मात्र सम्भव छ ।’ लुंग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले कतिपय ठाउँमा बालविवाह रोक्न खोज्दा केटाकेटीले नै आत्महत्या प्रयास गरेको बताउँदै अभिभावकलाई भन्दा पनि बालबालिकालाई नै यसबारे प्रशिक्षित गर्नुपर्ने बताए ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले टोल विकास समिति र विद्यालयमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको र त्यसले उल्लेख्य रूपमा नभए पनि केही उपलब्धि देखिएको बताए । सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले अभिभावक सचेत हुँदाहुँदै पनि बालबालिकाको अटेरीका कारण बालविवाह चुनौतीपूर्ण बनेको बताए । सुनील स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बालविवाह हुन नदिन सामाजिक सचेतनाको विकल्प नरहेको र त्यसका लागि विद्यालयलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए । कानुुनी प्रक्रियाले मात्र समाज सचेत नहुने भन्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले सम्बन्धित बालबालिकालाई नै बालविवाहका बहुआयामिक असरबारे स्पष्ट पार्नुपर्ने बताइन् ।

 गंगादेव गाउँपालिकामा सबैभन्दा धेरै बालविवाह
रोल्पाका दश स्थानीय तहमध्ये १८ देखि २० वर्षसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै बालविवाह गंगादेव गाउँपालिकामा देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकलाई आधार बनाउने हो भने ५२.४ प्रतिशत बालबालिकाले उमेर नपुग्दै विवाह गरेको देखिन्छ । २१ हजार ५०३ जनसंख्या रहेको गंगादेवमा २० वर्षमुनिको जम्मा बालविवाहको तथ्यांक झन् धेरै हुन सक्ने जिल्ला समन्वय समिति रोल्पाका अधिकृत तुलप्रसाद कवरले बताए । दशवटै स्थानीय तहको तथ्यांक प्रस्तुत गर्दै कवरले सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा ३९.६ प्रतिशतले बालविवाह गरेको बताए ।

तथ्यांकअनुसार परिवर्तन गाउँपालिकामा ४२.९ प्रतिशत, लुंग्रीमा ४४ प्रतिशत, माडीमा ४४ प्रतिशत, रुन्टीगढीमा ४१ प्रतिशत, सुनछहरीमा ४१.५ प्रतिशत, सुनील स्मृतिमा ४६.६ प्रतिशत र थबाङ गाउँपालिकामा ४०.७ प्रतिशतले १८ देखि २० वर्षको बीचमा बालविवाह गरेको देखिएको छ । रोल्पा नगरपालिकामा भने ४२.३ प्रतिशतले बालविवाह गरेका छन् । यसरी समग्र रोल्पाको अवस्थालाई विश्लेषण गर्दा ४२.२ प्रतिशतले बालविवाह गरेको देखिन्छ । दुई लाख ३४ हजार ७९३ जनसंख्या रहेको रोल्पामा ५६ हजार ७३९ जना किशोरकिशोरी छन् ।