Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २१ बिहीबार o८:२o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o८:२o:oo

जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरणमा आएको फैसलालाई कसरी लिनुभएको छ ? 
दलितमाथि यस्ता थुप्रै घटना हुँदै आएका छन् । तर, रुकुम चौरजहारीको सोती हत्या–प्रकरण भने आम नरसंहारकै तहमा भयो । यसले सिंगो मुलुकलाई नै तरंगित बनायो । समाजमा जातीय विभेद घट्दै गएको भनिरहेको अवस्थामा यसले विभेदको जरा कुन हदसम्म जब्बर छ भन्ने कुरा उजागर गर्ने काम गर्‍यो ।

अन्तर्जातीय प्रेमविवाह गर्न खोजेको निहुँमा पूरै गाउँ नै उर्लिएर ६ युवाको बीभत्स ढंगबाट ज्यान लिने काम भयो । नेपालमा दलित न्यायको सन्दर्भमा अन्य पीडितका हकमा बिरलै न्याय भएको अवस्था थियो । अजित मिजारलगायत प्रकरणमा न्याय नभइरहेको अवस्थामा त्यहाँको जिल्ला अदालतले तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैद गर्नुलाई पनि माइलस्टोनका रूपमा नै लिनुपर्छ । 

यो फैसलाले दलित पीडित रहेका अन्य मुद्दाको न्याय निरुपणमा सकारात्मक असर पर्ला ? 
यो फैसलाका पछाडि अधिकारकर्मी, पत्रकारलगायतको निरन्तरको खबरदारी रहेको कुरालाई बिर्सनुहुँदैन । यसले, अन्य मुद्दामा पनि निरन्तर खबरदारी हुन सके दलित एवं सीमान्तकृतले न्याय पाउन सक्छन् भन्ने कुरालाई भने स्थापित गरेको छ । यो फैसलाबाट कुनै नजिर स्थापित भएको पनि होइन ।

यसले जातीय विभेद कम गर्न पनि योगदान गर्ला ? 
यो फैसलाले जातीय विभेद एवं दमनका गतिविधिलाई निरुत्साहित गर्न सकारात्मक प्रभाव पार्छ भन्ने लाग्छ । पीडित परिवारले समेत यो फैसलालाई स्वागत गरेको छ । यसले एउटा पृष्ठभूमि वा भाष्य स्थापित गरी न्यायकर्मीलाई पनि यस्ता मुद्दामा अलि सतर्क भएर समयमै न्याय निरुपण गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्न प्रेरणाको काम गर्न सक्छ । अन्य घटनामा यो स्तरको खबरदारीको अभाव छ । त्यसैले न्याय हुन सकिरहेको छैन ।