१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटन अस्पतालमा स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:o७:oo

पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । 

मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पजिटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अंकोलोजिस्ट डा. अरुण शाहीले जानकारी दिए ।

उनका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । 

‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्रान्ड हो र यसले युएसएफडए मान्यतासमेत पाएको छ,’ उनले भने । 

म्याक्सले पाटन अस्पतालमा वितरण गरेका अरू क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निःशुल्क उपलब्ध हुने गरे पनि पछिल्लोपटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको शाहीको भनाइ छ । 

उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाखभन्दा बढी पर्छ ।