१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मंसिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाऊ आदेश जारी गरी आजका लागि पेसी तोकेको थियो। 

अदालतले उक्त विवादमा यही मंसिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मंसिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। सरकारले गत कात्तिक २७ गते सामाजिक सदभावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।