१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इमाडोलमा सिटिजन्स बैंकको १९०औँ शाखा

हालै खोलिएको टेकु र इमाडोल शाखामा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा काठमाडौंको इमाडोलमा सञ्चालनमा ल्याएको छ।

यससँगै काठमाडाैं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखा र बागमती प्रदेशमा ५२ वटा शाखा सञ्चालनमा रहेका छन्।

नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरूको पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ। साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ। यी सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ।

इमाडोलमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन्। कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष पाण्डेले  प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झाैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५० वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ७९ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।