१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एसको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

नेकपा (एकीकृत समाजवादी)को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ। सोमबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा मंगलबार पुनः बसेको हो।

हिजोको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए। उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रिय सभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको जानकारी दिए। 

‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिनेछ र राष्ट्रिय सभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदै छ,’ उनले भने।