१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्षमा फेवा किनारमा भलिबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारी पोखरामा ‘पोखरा कप अन्तरक्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्ने सडक महोत्सवअन्तर्गत १४ देखि १६ पुससम्म भलिबल संघ पोखराले प्रतियोगिता आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

पोखराबाहिरका क्लबहरूसमेत सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार एक सय ११ र उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले जानकारी दिए।

विधागत रूपमा उत्कृष्ट खेलाडीले १० हजारसँगै बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर (लिबेरो)ले तीन–तीन हजार नगदसँगै कप र प्रमाणपत्र पाउने छन्।