
अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ । उक्त सम्मान सहरी विकासमन्त्री सीता गुरुङले हस्तान्तरण गरेकी हुन् ।
वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत अपांग कोषलार्ई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकालाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।
राष्ट्रिय अपांग कोषले वार्षिक एक हजार पाँच सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।