१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ।

नेपालमा करिब एक हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको इप्पानका प्रतिनिधिमण्डल संस्थालाई कार्बन ट्रेडबापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित युएई प्रस्थान गरेका हुन्।

इप्पानका विज्ञसल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप २८ मा भाग लिन सोमबार युएई प्रस्थान गरेका छन्। कोप २८ मा भाग लिने टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गरे।

विगतमा नेपालले कार्बन ट्रेडबापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इप्पानले विज्ञसमूह बनाएर कार्बन ट्रेडबारे अध्ययन गर्ने र अरू देशका जलविद्युत् प्रवर्द्धकले लिइरहेको सुविधा नेपाली प्रवर्द्धकलाई पनि दिलाउन पहल गर्ने खतिवडाले बताए।

इप्पानका सल्लाहकार कृष्णप्रसाद भण्डारीले युएईमा जापान, अमेरिकालगायतका विकसित मुलुकका प्रतिनिधिसँग साइड लाइन वार्ता गरेर नेपालमा जलवायुसम्बन्धी फन्डहरू भित्र्याउन पहल गर्ने बताए।

नेसनल हाइड्रोपावरले कार्बन बिसर्जनको अध्ययन गरेको उल्लेख गर्दै भण्डारीले नेपालमा सञ्चालनमा आएका सबै जलविद्युत् आयोजनाले यसबारेमा अध्ययन गर्ने हो भने प्रवर्द्धकहरूले कार्बन बिसर्जन गरेबापत ठूलो रकम पाउने बताए।

इप्पानका कार्यसमिति सदस्य मिथुन पौडेलले ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानबाट ४५० बढी हाइड्रोपावरको प्रतिनिधित्व गरेर जलवायु सम्मेलनमा सहभागी हुन लागेको भन्दै इप्पानको लागि जलवायुसम्बन्धी च्यारिटी फन्डहरू ल्याउन पहल गर्ने बताए।

इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन बिसर्जनको दुईतिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अब निजी क्षेत्रले पनि लाभ पाउने गरी कोप २८ मा इप्पानका एजेन्डा प्रस्तुत गर्न आग्रह गरे।

कोप २८ का लागि सोमबार युएई प्रस्थान गरेको टोली बिहीबार नेपाल फिर्ता हुनेछ। कोप २८ मा सहभागी हुने इप्पानको टोलीलाई उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा र उपमहासचिव प्रकाश दुलालले बिदाइ गरेका थिए।