१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषकाे सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

राष्ट्रिय अपांग कोषले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरेको छ।

आइतबार अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सहरी विकासमन्त्री सीता गुरुङद्वारा उक्त सम्मान हस्तान्तरण गरिएको हो।

गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलाई रु. पाँच लाख रकम सहयोग गरेको थियो। सिटी एक्सप्रेस मनी ट्रान्सफरले कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपांगता भएकाहरूलाई सेवा पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेको थियो।

कोषले वार्षिक  १५०० अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै संघसंस्थालाई सहयोग प्रदान  गर्दै आइरहेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा पनि सुरु गरेको छ।