१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लिटलफ्लावरको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:१५:oo

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटलफ्लावर प्रिमियर लिग (एलपिएलमा लिटलफ्लावर बोर्डिङ स्कुलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)लाई ८४ रनले हराउँदै लिटलफ्लावरले जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटलफ्लावरले निर्धारित २० ओभरको खेलमा एक सय ३६ रन बनायो। १९.२ ओभर खेलेको लिटलफ्लावरका कप्तान कृष्ण कार्कीले टिमका लागि सर्वाधिक ६५ रनको योगदान गरे। एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो।

लिटलफ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

मोसफलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको आयोजक क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पुर्‍याउँदै आएको उनले बताए।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एलपिएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका धारणा राखे। उनले सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरू धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको बताए।

खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसँग आग्रह गरे।

ad
ad