१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिहरूलाई पूर्णता दिने विषयमा सहमति जुटाउन आइतबार हेटौँडामा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा बागमती प्रदेश सभा सचिवालयमा बैठक बसेको थियो।

बैठकमा सत्तापक्ष गैरजिम्मेवार रूपमा प्रस्तुत भएपछि सहमति हुन नसकेको प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बैठकमा सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएकाले कुनै सहमति नभएको दाबी गरे। उनले मुख्यमन्त्रीले एनजिओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको आरोप लगाए।

‘सरकारलाई विगतमा प्रतिपक्षी दलहरूसँग गरेको सहमतिको कुनै मतलब छैन। उहाँहरू एनजिओ शैलीमा सरकार चलाउँदै हुनुहुन्छ। सरकारले आफ्ना कार्यकर्तालाई पोस्नेभन्दा अरू काम नै गरेन। जनताको पिरमर्कामा उहाँहरूलाई कुनै मतलब नै छैन,’ नेता थपलियाले असन्तुष्टि व्यक्त गरे।

यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने आजै सहमतिमा पुग्न नसकिए पनि अर्को बैठक बसेर सहमतिमै विषयगत समितिहरूको सभापति चयन गरिने कुरा भएको बताए। उनले केही दिनमा पुनः बैठक बसेर समितिको सभापति चयन प्रक्रियाका विषयमा सहमति खोज्ने उल्लेख गरे।

सहमति हुन नसकेको अवस्थामा भने प्रक्रियाअनुसार नै भए पनि सभापति चयन प्रक्रिया टुंग्याउने मुख्यमन्त्री जम्कट्टेलले स्पष्ट पारे।