
पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार राति १०:३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको युएसजिएसले जनाएको छ । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो ।