Skip This
लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाबीच सहकार्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format १८:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाबीच सहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन्।

केही दिनयता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरू प्रकाशन भएपछि कोष र नगरपालिकाका प्रतिनिधिबीच बैठक बसी अस्थायी र दीर्घकालीन समाधानको खोजी गर्ने निर्णय भएको हो।

छाडा चौपायालाई हाल अस्थायी रूपमा राखिएको गौशालालाई व्यवस्थित बनाउने निर्णय भएको छ। अस्थायी रूपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रूपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थापन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भएको छ।

नगरप्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको बैठकले अस्थायी रूपमा छाडा चौपायाको व्यवस्थापन गर्दा उठेका जनगुनासोलाई तत्काल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णयसमेत भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरउपप्रमुख कल्पना हरिजनको संयोजकत्वमा कपिलवस्तु र रुपन्देहीको देवदहमा सञ्चालित गौशालामा छाडा चौपायाको व्यवस्थापनका लागि सहजीकरणको जिम्मेवारी तोक्ने निर्णय भएको छ।

विभिन्न सञ्चारमाध्यममा छाडा चौपाया व्यवस्थापन नभएको भन्दै समाचार आएकोप्रति ध्यानाकर्षण जनाउँदै हाल अस्थायी रूपमा व्यवस्थापन गरिएको र त्यसलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । उनले छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णयसमेत भएको बताए ।

लुम्बिनीमा छाडा चौपायाका कारण किसानको बालीनालीसमेत नष्ट गर्ने गरेकाले लुम्बिनी सांस्कृतिक नगरपालिकाको आग्रहमा लुम्बिनी विकास कोष क्षेत्रभित्र अस्थायी रूपमा छाडा चौपायाको व्यवस्थापन गरिँदै आएको हो।

कोष र नगरपालिकाले संयुक्त रूपमा लुम्बिनीमा देखिएको छाडा चौपायालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम गर्ने समझदारीसमेत बनेको छ।

विश्वभरका पर्यटक आउने भएकाले लुम्बिनीमा हाल अस्थायी रूपमा छाडा चौपायाको व्यवस्थापन गरिएको र यसको दीर्घकालीन व्यवस्थापनका लागि अन्य संघसंस्थालाई समेत बैठकले अपिल गरेको छ।