Skip This
उपाधि भिडन्त जारी, मधेश प्रदेशले आर्मी क्लबलाई दियो १३६ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १५ शुक्रबार १५:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि भिडन्त जारी, मधेश प्रदेशले आर्मी क्लबलाई दियो १३६ रनको लक्ष्य

केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १५:३o:oo

साहब आलमले घातक बलिङ गरेपछि प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । 

पोखरा रंगशालामा जारी उपाधि भिडन्तमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनायो। मधेश प्रदेशलाई मध्यम योगफलमा रोक्ने क्रममा साहबले तीन ओभरमा केवल पाँच रन दिएर तीन विकेट लिए । 

यस्तै, विवेक यादवले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए ।

एक समय धराशायी बनिसकेको मधेश प्रदेशका लागि अलराउन्डर विशाल पटेलले ४९ रनको महत्वपूर्ण इनिङ खेले । ३२ बल मात्र खेलेका विशालले तीन चौका र समान छक्का प्रहार गरे । 

हरिशंकर साहले २७ र हिमांशु दत्तले १४ रनको योगदान दिए । मधेश प्रदेशका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । विशाल सुस्लिङ १०, अनिलकुमार साह ६, इमरान शेख आठ, पवन सर्राफ नौ, मयन यादव तीन रनमा आउट भए ।