१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १४ बिहीबार १९:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

धुर्मुस-सुन्तलीको वैवाहिक वर्षगाँठमा जिग्रीको ‘भगवान कसम’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १९:१६:oo

हास्य टेलिसिरियल ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दाइभाउजूको १५औँ वैवाहिक वर्षगाँठको अवसरमा कोसेलीस्वरूप ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन्।

धुर्मुस - सुन्तलीको अभिनय रहेको उक्त गीतमा स्वर कुमार कट्टेल ‘जिग्री’ र अनु चौधरीको रहेको छ भने गीतकार दिनेश थपलिया हुन्। गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्।

जनकपुरमा सुटिङ भएको उक्त गीतमा सक्किगोनीका कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका थिए। जिग्रीको सांगीतिक यात्रामा यो तेस्रो कोसेली हो। उनको आवाजमा यसअघि ‘मन्जरी’ र ‘मायाले जीवन सजाउ’ बोलको गीत सार्वजनिक भइसकेको छ।