
न्यायाधीश श्रीमती समूह नेपालले जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री सहयोग गरेको छ। संस्थाले जाजरकोट जिल्ला अदालतमार्फत राहत सामग्री पठाएको हो।
संस्थाकी अध्यक्ष रोशनी श्रेष्ठका अनुसार भूकम्पपीडित वृद्ध, असहाय र बालबालिकाका लागि सय थान कम्बल, ३४ थान कपडा र १२ थान टोपी पठाइएको छ।
श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकी श्रीमतीसमेत हुन्।