१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किशोरकिशोरीबीच ‘वैदेशिक रोजगारीको प्रभाव’का विषयमा बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

दोलखाका किशोरकिशोरीले वैदेशिक रोजगारीको प्रभावका विषयमा बहस गरेका छन्। ‘तन्नेरी चासो’ले आयोजना गरेको ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँछ कि पुर्‍याउँदैन’ विषयक वादविवाद प्रतियोगितामा उनीहरूले बहस गरेका हुन्।

कुनै पनि विषयवस्तुमा युवाको तार्किक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच भएको वादविवादमा ३१ विद्यार्थी सहभागी थिए।

वादविवाद प्रतियोगितामा कञ्चन तामाङको समूह प्रथम भएको छ। तामाङसहित तिर्सना श्रेष्ठ, निकिता बस्नेत र बन्दिका मुगरातीको टिमले ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँछ,’ भन्दै तथ्यगत विवरणहरू पेस गरेका थिए।

यस्तै, दावा तामाङको समूह दोस्रो भयो। अविनाश बुढाथोकी, रिचा दुलाल, अजपा सिवाकोटीसहित दावाको समूहले वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँदैन भन्ने पक्षबाट तर्क पेस गरेका थिए।

तन्नेरी चासोले विगत १० वर्षदेखि ‘गुनासो होइन, प्रश्न गरौँ,’ भन्दै युवाहरूलाई सार्वजनिक चासोको विषयमा सरोकारवाला पक्षलाई खबरदारी गर्न प्रेरित गरिरहेको छ। मंसिर ११ गतेबाट गौरीशंकर बहुमुखी क्याम्पसमा ‘डिबेट’ तालिम सुरु गरिएको थियो। उक्त तालिममा विभिन्न विद्यालयका ३१ विद्यार्थीहरू सहभागी थिए। सहभागी विद्यार्थीहरूले यो डिबेट नयाँ रहेको र सिकेपछि सार्वजनिक विषयवस्तुमा प्रश्न गर्न आत्मबल बढेको बताए।

तन्नेरी चासोका सिइओ नवीन सिलवालले देशको सामाजिक, राजनीतिक, सुशासन र भ्रष्टाचारविरुद्ध विभिन्न माध्यमबाट खबरदारी गर्दैै आइरहेको र खबरदारी गर्ने विभिन्न टुलमध्ये युवाहरूलाई डिबेटको माध्यमबाट सार्वजनिक चासोमा बहस गर्न उत्प्रेरित गरिएको बताए।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले तन्नेरी चासोको अभियानले समाजका युवाहरूलाई सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे। भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाईंले समाजमा यस्ता बहसको आवश्यकता बढ्दै गएको भन्दै आफ्नो वडामा डिबेट कार्यक्रम गर्ने बताए।