
युरोपियन युनियन (इयू)ले युरोपेली आकाशमा नेपाली विमानमाथिको प्रतिबन्धलाई कायमै राखेको छ। युरोपियन संघ उड्डयन सुरक्षा एजेन्सीले अद्यावधिक गरेको इयू एअर सेफ्टी लिस्टमा नेपाली विमान कम्पनीहरूको नाम यथावत छ।
सन् २०१३ देखि नै नेपाली विमान कम्पनी इयूको कालोसूचीमा छन्। नेपाल सरकारले कालोसूचीबाट हटाउन माग गर्दै आए पनि इयूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा नभएको भन्दै कालोसूचीबाट हटाउन अस्वीकार गरेको हो।