१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरापमा पारेर दुई गैँडा मार्ने आठ तस्कर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर दुईवटा गैँडा मारी खाग तस्कर गरेको अभियोगमा आठजना पक्राउ परेका छन्। विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ परेका आठजनालाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ का ३३ वर्षीय रमेश खाती, चितवन राप्ती नगरपालिका– ११ का ४२ वर्षीय पासाङ भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका– ९ घर भई हेटौँडा– ४ बस्ने ४४ वर्षीय शमशेर  थिङ र मकवानपुर मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भनिने सीताराम थिङ रहेका छन्।

यसैगरी, रोल्पाको सुनछहारी गाउँपालिका– ६ घर भई हेटौँडा– ५ बस्ने २८ वर्षीय अर्जुन रोका, गोरखा बारपाक घर भई चितवन– ११ बस्ने ७७ वर्षीय घले भनिने धनबहादुर गुरुङ, चितवन कोराक गाविस– १ घर भई राप्ती नगरपालिका– ११ बस्ने ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी नगरपालिका– ७ घर भई चितवन माडी नगरपालिका– ९ बस्ने ५६ वर्षीय स्याङ्बो भनिने इन्द्रबहादुर तामाङ रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट दुई थान खाग, एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग भएको फलामको टुक्रा पाँच थान, बिँड नभएको बन्चरो एक थान र चक्कु एक थान बरामद भएको छ।

निकुञ्जको चपरचुली सुरक्षा पोस्टबाट करिब ३.५ किलोमिटर दक्षिण–पूर्व चुरे पहाडको फेदी क्षेत्रमा दुईवटा अलग–अलग खाल्डोको धरापमा गैँडा खागविहीन अवस्थामा गत बिहीबार मृत फेला परेका थिए।

ती गैँडा मारेको अभियोगमा नेपाली सेनाबाट खटिएको विशेष टाेली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा ब्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइलगायतले उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो।