१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

बाजुराको उत्तर पूर्वी क्षेत्रमा पर्ने कर्णाली करिडोरअन्तर्गत पर्ने हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका– ९ घर भएका अन्दाजी २७–२८ वर्षका मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए।

बिहीबार बिहान करिब ११ बजेतिर धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु.१ज ४८२९ नम्बरको बोलेरो जिप हिमाली गाउँपालिका– ६ को बोल्डिकनजिकै दुर्घटना भएको थियो।सार्कीलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकी पुर्‍याएलगत्तै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताए।

त्यस्तै, जिपमा सवार गौमुल गाउँपालिका– ३ का अन्दाजी १९– २० वर्षका वसन्त धामी घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए।

ऐरीका अनुसार चालकसहित जिपमा सवार अर्का एकजना भने सकुशल रहेका छन्। जिपचालक खत्याड गाउँपालिका– ९ का दलबहादुर लावणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।