Skip This
स्याङ्जाको पुतलीबजारमा पनि सानिमा बैंकको शाखा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १३ बुधबार १७:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्याङ्जाको पुतलीबजारमा पनि सानिमा बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १७:३७:oo

सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

बुधबार बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मदनकृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी, बैंकका सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटिएम सञ्चालनमा ल्याएर सानिमा बैंकले सेवा दिइरहेको छ।