मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘तेल भिसा’मा विपिन र वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’ले कलाकारको अन्तिम टुंगो लगाएको छ। कलाकारसँगै रिलिजको मितिसमेत घोषणा गरिएको छ।

नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुने फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहने बताइएको छ।

विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मको निर्माता हुन्। सेभेन सिज इन्टरटेनमेन्ट र वेल डन क्रियसनको संयुक्त निर्माण रहेको फिल्म चैतको दोस्रो साताबाट फ्लोरमा जानेछ।

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिँदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुसन प्रजापतिले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।