१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सातामा सिराहाबाट खैरो हिरोइनसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

सिराहामा पछिल्लो एक सातामा लागुऔषध खैरो हिरोइनसहित अलग-अलग स्थानबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय विश्वमित्र महतो रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

महतोको साथबाट लागुऔषध खैरो हिरोइन १२.७० ग्राम, नेपाली रुपैयाँ १२ हजार ६५० र दुई थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। जिल्ला अदालतबाट २० दिनको म्याद लिई उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरी टोलीले सिराहाको नरहा गाउँपालिका– ३ नयाँ चोहर्वाबाट पनि खैरो हिरोइनसहित अर्का एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका– ९ डन्डाटोलका ३० वर्षीय श्रीदेव यादव रहेकाे प्रहरी प्रवक्ता डिएसपी पाण्डेले बताए।


उनको साथबाट ९ सय ७० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। यादवमाथि मोटर चोरीको मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सात दिनको म्याद थप गरी यादवमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी पाण्डेले बताए।