१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस टोक्यो
Invalid date format १६:४७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने

Read Time : > 1 मिनेट
रासस, टोक्यो
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ। यद्यपि, अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन्।

आपतकालीन गर्भनिरोधक चक्की सामाजिक रूपमा रुढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन्। अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेष गरी बलात्कारपीडित र किशोरीहरूलाई टाढा राखेको छ।

पाइलट प्रोजेक्टअन्तर्गत यौनसम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने, तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ। यद्यपि, जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ।

चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ, तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ। गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर)को बीच निर्धारण गरिएको छ।

आपतकालीन गर्भनिरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ। समूहका सहअध्यक्ष असुका सोमेयाले भनिन्, ‘फार्मेसीको छनोट अत्यन्तै कडा थियो, यो चक्की एक सय ४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कुल ६० हजारमा ०.२ प्रतिशत मात्र हो।’

उनले बुबाआमाको सहमतिको आवश्यकताले नावालिगहरूलाई ठूलो बाधा उत्पन्न गर्ने बताइन्। ‘यस्ता धेरै मानिस छन् जसले सम्भावित गर्भावस्थाबारे आफ्ना बुबाआमासँग कुरा गर्न सक्तैनन्, उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताबारे बुबाआमासँग कुरा गर्न कठिन हुनेछ,’ उनले भनिन्, ‘हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धविना फार्मेसीहरूमा चक्की सम्पूर्ण रूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ।’

पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुशरण गरेको छ। परामर्शमा ४६ हजार उत्तरदातामध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन्।

विश्व स्वास्थ्य संगठनले आपतकालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमित रूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। 

अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकले विनाप्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन्।