Skip This
पर्यटन सञ्जालमार्फत भूकम्पपीडितका लागि राहत हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १२ मंगलबार १४:१२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन सञ्जालमार्फत भूकम्पपीडितका लागि राहत हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १४:१२:oo

पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले जाजरकोट भूकम्पपीडितका लागि राहत हस्तान्तरण गरेको छ।

होटेल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नगदसहित राहत सामग्री हस्तान्तरण गरेको हो।

प्रधानमन्त्रीले राहत सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै भूकम्पपीडितको जीवनयापनमा प्राप्त सहयोगबाट सहजता हुने बताए। उनले पर्यटन क्षेत्रका छाता संगठनहरूको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने बताएका सञ्जालले जनाएको छ।

पहिलो चरणमा होटेल संघ नेपालको तर्फबाट रु. १५ लाख ५६ हजार आठ सय ७८ र सदस्य होटेल हिमालयको तर्फबाट थप रु. पाँच लाखबराबरको एक्रिलिक पन्चु पाँच सय थान र लाइभ सेभर वाटर फिल्टर  १५ वटा साथै स्कुल नेपालको तर्फबाट पाँच लाखबराबरको ब्ल्यांकेट दुई सय ४० थान, स्लिपिङ ब्याग  सय थान, ह्विल चियर पाँच थान, स्ट्रेचर पाँच थान, प्रोटेक्टिभ सुट २० थानसहित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाखबराबरको नगद जिन्सी रहेको थियो।

उक्त अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कुल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल र होटेल संघ नेपालका निवर्तमान अध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र कोषाध्यक्ष युवराज श्रेष्ठलगायतले संयुक्त रूपमा नगद र जिन्सी गरी करिब ३० लाखबराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी ‘सिक्दै कमाउँदै’को अवधारणाअन्तर्गत कार्यक्रमहरू छिट्टै सञ्चालन गरी भूकम्पपीडितहरूलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने पनि जानकारी गराएका थिए।