
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १७ हजार एक सय ५० कायम भएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो। यसैगरी, प्रतितोला चाँदीको मूल्य रु. एक हजार पाँच सय निर्धारण भएको छ।