१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

टेकुमा सिटिजन्स बैंकको १८९औँ शाखा सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औँ शाखा काठमाडाैंको टेकुमा सञ्चालनमा ल्याएको छ।

टेकुमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन्। यससँगै काठमाडाैं उपत्यकाभित्र यस बैंकको ३७ वटा शाखा र बागमती प्रदेशमा ५१ वटा शाखा सञ्चालनमा रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झाैता नगरी बैंकले काम गर्ने बताए। सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो।

सुविधासम्पन्न यस शाखामार्फत लकर सेवा, एटिएम सेवालगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको बैंकले जनाएको छ।