१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस कास्की
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक किनारका रूख काट्नेलाई कारबाही

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रूख अनुमतिविना काट्नेलाई जरिवाना गरेको छ। महानगरले पोखरा– ८ न्युरोडमा सडकछेउमा हुर्किएको रूख काट्ने दुई पसलेलाई कारबाही गरेको हो।

फुटपाथमा हुर्किएको रूख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ। पसल छेकिएको जनाउँदै अनुमतिविना रूख नै काटेका उनीहरूलाई रु. १५ हजारका दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए।

महानगरको आर्थिक ऐनमा सडकछेउको फुटपाथमा लगाइएका रूखको हाँगा अनुमतिविना कटान गरेमा प्रतिहाँगा रु. पाँच हजार र रूख नै काटेमा रु. १५ हजार जरिवाना हुने व्यवस्था गरिएको छ।

महानगरपालिकाले आफ्नो चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ। चालू वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ। महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ।

पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवा रोपेको छ भने त्यति नै संख्यामा फूलका बिरुवा रोपिएका छन्। ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ।

सडकछेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन्। पर्यावरणको सन्तुलनमा रूख–बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घरअगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उनले महानगरवासीमा आग्रह गरेका छन्।