१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरबाट नरभक्षी बाघ नियन्त्रणमा, थप एक युवकको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

गत शुक्रबार चितवनका हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट आइतबार राति नियन्त्रणमा लिइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीको टोलीले आइतबार राति ९ः४० बजे बाघलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको बाघलाई वन्यजन्तु केन्द्र चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। प्रवक्ता भण्डारीका अनुसार सेना र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट चारवटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गरिएको थियो।

उक्त बाघले गत शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका– ६ खयर घारीदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्रमा चितवनको राप्ती– १ दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो।

थप एक युवकको शव फेला
नरभक्षी बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट थप एक पुरुषको शव फेला परेको छ। आइतबार साँझ मनहरी– ६ स्थित राप्तीखोला र लोथरखोलाको दोभानमा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उक्त शव चितवन जिल्लाको राप्ती नगरपालिका– १ दुुबीचौरका १७ वर्षीय पुष्पराज तामाङको रहेको प्रहरीले जनाएको छ। मृतक पुष्पराजका बुबा इन्द्रबहादुर तामाङले मृतकले लगाएको पाइन्ट र चप्पलको आधारमा सनाखत गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

उक्त शवको शरीरको कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकाले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए।