१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एसनिकट अनेरास्ववियूद्वारा भूकम्प प्रभावित विद्यालयमा शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववियूले जाजरकोटका विभिन्न सात विद्यालयका करिब एक हजार विद्यार्थीलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

भूकम्प प्रभावित विद्यालय पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका निम्ति जाजरकोट पुगेको अनेरास्ववियूको टोलीले प्रभावित विद्यार्थीलाई न्यानो कपडा, झोला, कापी, कलम र पेन्सिललगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र अनेरास्ववियूकी अध्यक्ष आरती  लामाले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

शैक्षिक सामग्री हस्तान्तरणपछि लामाले भनिन्, ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य बोकेर हामी जाजरकोट आएका हौँ। यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले राजधानीमा देउसीभैलो आयोजना गरेका थियौँ। देउसीभैलोबाट जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको छ।’

लामाको नेतृत्वको टोलीले केही दिनदेखि भत्किएका घरहरू पन्छाउनेदेखि अस्थायी टहरा निर्माण गर्नेलगायतका काम गरिरहेको अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले बताए। न्यौपानेका अनुसार अनेरास्ववियूले पार्टीको  जिल्ला कमिटी र स्थानीय प्रशासनसँग समन्वय गरेर काम अघि बढाइरहेको छ।