१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ११ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १३:३६:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनीत गरेका छन्।

केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम देउवाले दिलीप ढुंगाना (धनुषा), डा. डेबिड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गरेका हुन्।

पार्टीको विधानको धारा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१)को व्यवस्थाबमोजिमको कार्य गर्ने गरी सदस्यहरू मनोनयन गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय लेखा समितिका संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे रहेका छन्।