१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पालिकाले पैसा नतिरेपछि सडकबत्तीका लाइन काट्दै प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

नेपाल विद्युत् प्राधिकरणले रौतहटका विभिन्न पालिकाहरूले मिटरविना जडान गरेका टावर लाइटको लाइन काट्न थालेको छ। पटकपटक सडकबत्तीको पैसा तिर्न ताकेता गर्दासमेत वास्ता नगरेपछि प्राधिकरणले लाइन काट्न थालेको हो।

रौतहटका १८ वटै पालिकाले सडकको चौबाटो, खेलमैदान, मन्दिरलाई लक्षित गरी मिटरविना नै सडक बत्ती/टावर लाइट जडान गर्न थालेपछि प्राधिकरणले अभियानकै रूपमा लाइन काट्न थालेको छ।

अहिलेसम्म चन्द्रपुर नगरपालिकाको ३७ वटा, बृन्दावन नगरपालिकाको १७ वटा र गुजरा नगरपालिकाको सातवटा टावर लाइटको लाइन काटिसकिएको  नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले जानकारी दिए।

पछिल्लो समय पालिकाहरूले उज्यालो अभियान भन्दै अनुमतिविना नै सीधै हुकिङ गरेर जडान गर्न थालेपछि प्राधिकरणका विभिन्न वितरण केन्द्रले पहिलो चरणमा लाइन काट्न थालेको वितरण प्रमुख यादवले बताए। नेपाल विद्युत् प्राधिकरणले पालिकालाई पटकपटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न गरेको आग्रहलाई उनीहरूले अटेर गर्दै आएका थिए।

प्राधिकरणले कात्तिक मसान्तभित्र सडकबत्ती/टावर लाइटबाट उठेको महसुल बुझाउन पालिकालाई सूचना जारी गरेको थियो। दोस्रोपटक मंसिर ६ गते एक साताको समय दिए पनि अवैध जडान गरिएको लाइन काट्न थालिएको यादवले बताए।

नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल संकलन विनियमावली ०७८ को विनियम १० को प्रावधानबमोजिम सो कदम चालिएको उनको भनाइ छ। हरेक पालिकाहरूमा एक करोडभन्दा बढी विद्युत् महसुलको रकम बक्यौता रहेकोसमेत यादवले जानकारी दिए।