१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १० आइतबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख राना र बंगलादेशी समकक्षीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १३:४५:oo

उपसभामुख इन्दिरा राना र बंगलादेशको राष्ट्रिय संसद्का उपसभामुख मोहम्मद समसुल हक टुकुबीच भेटवार्ता भएको छ।

बंगलादेशको भ्रमणमा रहेकी उपसभामुख रानाले समकक्षी टुकुसँग उनकै कार्यालयमा भेटवार्ता गरेकी हुन्। भेटमा दुई देशबीचको पारस्परिक हितका साथै नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप मजबुत बनाउन संसदीय मैत्री समूह निर्माण गरी भ्रमण तथा अनुभव आदान–प्रदान गर्नेबारे छलफल भएको थियो।

दुई देशबीच आर्थिक सहयोग सुदृढ गर्ने, कनेक्टिभिटी अभिवृद्धि गर्ने र जनता–जनताबीचको सम्पर्कलाई प्रवर्द्धन गर्ने आवश्यकताबारे पनि छलफल भएको थियो।

भेटअघि नै उपसभामुख रानाले ग्लोबल युथ डेभलपमेन्ट काउन्सिलले आयोजना गरेको ‘युवा टक’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। उनले दुवै देशको जनसांख्यिक लाभांशलाई आर्थिक वृद्धि र समृद्धिका लागि उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

नेपाल र बंगलादेशबीचको बलियो शैक्षिक सम्बन्धलाई प्रकाश पार्दै उपसभामुख रानाले दुई देशलाई नजिक ल्याउन युवा नेतृत्वको महत्वलाई जोड दिइन्।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले संस्कृति, शिक्षा, डिजिटल कनेक्टिभिटी, खेलकुद र जनस्तरको सम्पर्कमा सहकार्यका माध्यमबाट नेपाल–बंगलादेश सम्बन्धलाई थप सुमधुर बनाउन युवाको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए।