१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुरुङमा फसेका ४१ कामदारको उद्धारमा ढिलाइ, तीनतिरबाट खनेर निकाल्ने प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

सुरुङमा फसेका ४१ कामदारको उद्धारमा ढिलाइ भएकाे छ। भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरे पनि दुई साता बितिसक्दासमेत उनीहरूकाे उद्धार हुन नसकेकाे हाे। 

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास जटिल भन्दै गएकाे छ। बारम्बार उद्धार कार्य असफल भएपछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ। 

गत मंगलबार सुरुङभित्र फसेका कामदारहरूलाई क्यामेराकाे माध्यमबाट पहिलोपटक जीवित देखिएको थियो। हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिक रूपमा भत्किएपछि उनीहरू सुरुङमा फसेका हुन्। 

उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो। सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पठाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।