
नवौँ धारा नेपालगन्ज म्याराथनमा एपिएफका गोपीकृष्ण पार्की विजेता बनेका छन्।
२ घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गर्दै पार्की विजेता बनेका हुन्। उनले सातौं धारा म्याराथनको उपाधि पनि जितेका थिए।
प्रतियोगितामा नेपाली सेनाका खड्गबहादुर खत्री दोस्रो र एपिएफका किरणसिंह बोगटी तेस्रो भएका नेपालगन्ज म्याराथन रेस निर्देशक चन्द्र गुरुङले जानकारी दिए।
त्यसैगरी, हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन्। प्रतियोगितामा फूलमती राना दोस्रो र पुष्पा भण्डारी तेस्रो भए।