१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रमुख डंगोल अस्ट्रेलिया प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल अस्ट्रेलियाको सहरहरूमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि अस्ट्रेलिया प्रस्थान गरेकी छिन्।

उपप्रमुख डंगोल शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। त्यहाँ रहँदा उपप्रमुख डंगोलले विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नवीकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने छिन्। 

उपप्रमुख डंगोल सिड्नी, क्यानबेरा होबर्ट र मेलबर्नलगायत सहरमा आयोजना हुने छलफल तथा भेटघाटमा सहभागी हुनेछिन् भने त्यहाँ रहेका नेपालीसँग अन्तर्क्रिया तथा संसद् भवनको अवलोकनसमेत गर्नेछिन्।

अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अस्ट्रेलियन दूतावासबाट गत वैशाख १८ गते निमन्त्रणा आएको थियो। गत साउन ३० गते बसेको कार्यपालिका बैठकले उनको भ्रमण स्वीकृत गरेको थियो। अस्ट्रेलियाको औपचारिक भ्रमण सकेर उपप्रमुख डंगोल मंसिर १७ गते स्वदेश फर्कनेछिन्।