१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Sunday, 11 May, 2025
रासस गुल्मी
२o८o मङ्सिर ७ बिहीबार १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

Read Time : < 1 मिनेट
रासस, गुल्मी
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १८:५१:oo

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका– ५ छापहिलेको छाप रांलाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

मालिका गाउँपालिकाको छापरांला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्।

बिहीबार दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र सास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।