१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली राजदूतले भेटे पाकिस्तानी विदेशमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीले पाकिस्तानको चुनावी सरकारका विदेशमन्त्री जलिल अब्बास जिलानीसँग बिहीबार इस्लामाबादस्थित विदेश मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको नेपाली दूतावासले जनाएको छ। दुई देशबीच आर्थिक सहयोग अभिवृद्धिका विषयमा पनि छलफल भएको छ।

‘व्यापार र पर्यटनमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धि गर्ने उपायबारे पनि दुवै पक्षले छलफल गरे,’ नेपाली दूतावासको विज्ञप्तिमा भनिएको छ। भेटमा सार्क र क्षेत्रीय सहयोग, जलवायुसम्बन्धी सम्मेलन कोप २८ का बारेमा पनि छलफल भएको छ।

छलफलमा पाकिस्तानको परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।