१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बेँसीसहरमा १९ मंसिरदेखि मेयर कप फुटबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

लमजुङको बेँसीसहरमा १९ मंसिरदेखि चौथो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ।

२३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबाट आगामी पुसमा हुने त्रिवेणी कपका लागि बेँसीसहरको तर्फबाट प्रतियोगी छनोट गरिनेछ।

बेँसीसहर नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा पालिकाअन्तर्गत ११ वटा वडा सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिए।

सहजी खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद एक लाख र द्वितीय हुनेलाई ५० हजार प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद पाँच–पाँच हजार प्रदान गरिने खेलकुद विकास समितिले जनाएको छ।