मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिन्छ : महेश बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १४:२६:oo

नेकपा एमालेका नेता महेश बस्नेतले गणतन्त्रमाथि औँला उठ्दा आफ्नो पार्टी अग्रपंक्तिमा प्रतिरोधमा उत्रने बताएका छन्।

पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको कार्यक्रममा उनले गणतन्त्रमाथि औँला उठाउनेहरूलाई ठीक ठाउँमा ल्याउन आफूहरू प्रतिरोधमा उत्रेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली समाजमा लामो समयदेखि रहेको उल्लेख गर्दै त्यसमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले आक्रामक हुने चेतावनी दिए।

‘गणतन्त्रमाथि प्रश्न उठेको वेलामा औँला ठड्याउनेहरूको औँला ठीक ठाउँमा ल्याउँछौँ भनेर हामी अगाडि आएका छौँ। हाम्रो अध्यक्षकै भाषामा भन्नुपर्दा सामान्यतः बाघको बघिनी आक्रामक हुँदिनँ। बाघ आक्रामक हुन्छ। आफ्नो डमरूमाथि अरूले आक्रमण गर्दा आक्रामक हुन्छिन्,’ बस्नेतले भने, ‘त्यसो  हुनाले संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । यसमाथि आक्रमण हुँदा सबैभन्दा पहिले आक्रामक नेकपा एमाले हुन्छ।’