१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भन्सारले नछाडेपछि रुपैडिया नाकामा रोकिए मुर्रा राँगा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३२:oo

भारतले अनुदानमा दिएका १५ वटा मुर्रा राँगा नेपालगन्जको रुपैडिया नाकामा रोकिएका छन् । भारतले भन्सार छुट दिए पनि नेपाल सरकार भन्सार विभागले ८० हजार राजस्व मागेपछि मुर्रा राँगा रुपैडिया नाकामा रोकिएको कृषिमन्त्री डा. बेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले जानकारी दिए ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई उन्नत जातका मुर्रा राँगा अनुदानमा दिएको थियो । राष्ट्रिय पशु प्रवर्द्धन कार्यालय नेपालगन्जमा तीनवटा, लहानमा पाँचवटा र पोखरामा सातवटा वितरण गरिने कृषि मन्त्रालयले जनाएको छ ।राजस्व महाशाखा प्रमुख रितेश शाक्यले  तुरुन्त बुझेर सम्बोधन गर्ने जानकारी दिए ।

नेपालगन्ज भन्सार प्रमुख तथा प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा भन्छन् ‘आर्थिक ऐनले कृषि सुधार शुल्क र भन्सार महसुल छुट दिएपनि कृषि आयकर लाग्ने व्यवस्था गरेको छ । यो ५ प्रतिशत लाग्छ । जसअनुसार ८० हजार ५ सय रुपैयाँ हुने रहेछ ।  यसलाई छुट गराउन अर्थ मन्त्रालयले निर्णय गर्नुपर्ने रैछ । अर्थको निर्णय कुरिरहेका छौं । हिजो पशु क्वारेन्टाइनमा आएर बस्या छ । आज जाँच पास हुन्छ ।’

ad
ad