
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले ७ मंसिरको प्रदर्शनको प्रचारका लागि मंगलबार मसाल जुलुस प्रदर्शन गरेका छन्।
कोटेश्वर तीनकुनेबाट निस्किएको मसाल जुलुस मीनभवनमा पुगेर समापन भएको थियो।
भ्रष्टाचार, महँगी, सामाजिक अराजकताविरुद्ध सरकारको विरोध गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बिहीबार तीनकुने क्षेत्रमा प्रदर्शनको तयारी गरिरहेका छन्।
प्रदर्शनमा सहभागिताको आह्वान गर्दै प्रचारकै सिलसिलामा बुधबार काठमाडौंका ५० स्थानमा प्रचार कोणसभा र मसाल जुलुस निकालिने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।