
यस वर्षको दसैँ, तिहारका वेला कञ्चनपुरमा ७३ जुवाडेबाट करिब सात लाख रुपैयाँ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयले दसैँ, तिहारका वेला जिल्लाका विभिन्न स्थानबाट ७३ जुवाडेसहित ६ लाख ८० हजार ६ सय ९७ रुपैयाँ बरामद गरेको जनाएको छ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्लाभर खटिएर जुवाखालबाटै पक्राउ गरिएको बताए। सो क्रममा प्रहरीले पाँच बोरा प्रतिबन्धित प्लास्टिकका माला र चार बोरा पटकासमेत बरामद गरेको छ।
एसपी थापाले यस वर्ष कञ्चनपुरमा तिहारका वेला कुनै अप्रिय घटना नघटेको र शान्तिपूर्ण तिहार भएको बताए।