१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी कांग्रेसको दोस्रो जिल्ला सम्मेलन ९ र १० मंसिरमा

केन्द्रीय सभापतिसहित एक दर्जन नेता गुल्मी आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

नेपाली कांग्रेस गुल्मीले ९ र १० मंसिरमा दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि पार्टी केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदै छन्।

सम्मेलनमा १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरिएको गुल्मी कांग्रेसले जनाएको छ। देशभर गणतन्त्रविरोधी गतिविधि बढिरहेका वेला १० हजार कार्यकर्तासहित केन्द्रीय सभापतिसहित नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसीसहितका शीर्ष नेताहरू गुल्मी आउने बताइएको छ।

सम्मेलनको लागि ९ मंसिरमा चिदीचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दसत्र गर्ने कार्ययोजना रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिए। जिल्ला कार्यसमितिको १४ कात्तिकको पूर्ण बैठकको निर्णयअनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम भइरहेको खड्काले जानकारी दिए।

सम्मेलन प्रतिनिधिहरूकै बीचमा आयोजना गर्न सकिने भए पनि कार्यकर्ताहरूमा उत्साह थप्न बृहत् सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए। समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको जिल्ला सम्मेलन ऐतिहासिक हुने उनको दाबी छ।


पन्थीले सम्मेलनमा कांग्रेस गुल्मीका कामहरूको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा बृहत् छलफल हुने बताए। सम्मेलनको बन्दसत्रमा जिल्लाभरका एक हजार ७४६ क्षेत्रीय प्रतिनिधिले भाग लिन पाउनेछन्।