१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस महेन्द्रनगर
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
रासस, महेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा सोमबार बिहान भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा स्कुटरचालक भीमदत्त नगरपालिका– ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो।

सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकलचालक बेदकोट नगरपालिका– १० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टरचालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र  घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।