१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लाखौँ रकमसहित कञ्चनपुरबाट आठ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

दीपावली सकिएको तेस्रो दिन महेन्द्रनगरको एक राइस मिलबाट लाखौँ रकमसहित आठ जुवाडे पक्राउ परेका छन्। 

भीमदत्त नगरपालिका– ६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८ हजार ४२६ रुपैयाँसहित शनिबार आठ जुवाडे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए।

प्रवक्ता डाँगीका अनुसार मिलका सञ्चालक पारस भट्टसहित कमल भट्ट भनिने दामोदर भट्ट, खेमराज लेखक, नरेन्द्र विष्ट, नरेन्द्र जोशी, दीपक गिरी, सुरत खत्री र तिकल बैज पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।