१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर १ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १८:२२:oo

कञ्चनपुरमा कुटपिट मुद्दाका एक फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार कुटपिट मुद्दामा फरार भएका दोधाराचाँदनी नगरपालिका– ९ बस्ने धनबहादुर सुनार पक्राउ परेका हुन्। सुनार ०५० सालतिर कुटपिट घटनामा संलग्न भएका थिए।

कुटपिट घटनामा संलग्न भएका सुनारलाई १५ फागुन ०५० सालमा जिल्ला अदालतले ६ महिना कैद र दुई हजार जरिवाना फैसला गरेको थियो।

युवा अवस्थामा अपराध गरेका सुनार वृद्धावस्थामा पक्राउ परेका हुन्। घरबाटै पक्राउ परेका उनलाई प्रहरीले अदालत हुँदै कारागार चलान गरेको छ।