१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर १ शुक्रबार १३:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिका र फिलिपिन्सबीच आणविक सहयोग सम्झौतामा हस्ताक्षर 

Read Time : < 1 मिनेट
२०८० मङ्सिर १ शुक्रबार १३:२६:००

अमेरिका र फिलिपिन्सले आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्।आफ्नो विद्युत् आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले बिहीबार फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको हाे।

फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उनका रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग उक्त सम्झौतामा हस्ताक्षर गरे। एक वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका  मार्कोस अमेरिकाको घनिष्ट सहयोगी बनेका छन्। 

‘हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुसी छौँ,’ मार्कोसले भने, ‘आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका लागि काम गरेको देखाउन सक्छौँ।’

मार्कोसका अनुसार उनले बढ्दो ऊर्जा माग पूरा गर्न सम्पूर्ण देशका लागि किफायती, भरपर्दो र दिगो ऊर्जा आपूर्ति निर्माण गर्न पहिले गरेको वाचा पूरा गर्दै छन्।  

ब्लिंकेनसँग हस्ताक्षरित सम्झौताले फिलिपिन्सलाई आणविक हतियार उत्पादन गर्न हस्तान्तरण गरिएको आणविक सामग्रीको प्रयोगविरुद्ध सुरक्षा गर्न प्रतिबद्ध गर्दछ। 

फिलिपिन्समा पहिलेदेखि नै यस क्षेत्रको सबैभन्दा धेरै ऊर्जा लागत छ। यो मुलुकको मुख्य द्वीप लुजोनलाई करिब ४० प्रतिशत विद्युत् आपूर्ति गर्ने मालाम्पाया ग्यास क्षेत्र केही वर्षभित्र सुक्न सक्ने अपेक्षा गरिएपछि फिलिपिन्सले आसन्न संकटको सामना गर्नु परिरहेको छ।

फिलिपिन्सले आफ्नो जलवायु लक्ष्यको हिस्साका रूपमा आणविकलगायत ऊर्जा समावेश नभएको नवीकरणीय ऊर्जामार्फत सन् २०३० सम्ममा विद्युत् उत्पादनलाई ३५ प्रतिशत र सन् २०४० सम्ममा ५० प्रतिशत बनाउने लक्ष्य राखेको छ।