१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २७ सोमबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक २७ सोमबार १६:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २७ सोमबार १६:२२:oo

उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङ स्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ। सुरुङभित्र ४० जना कामदार फसेका छन्। उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ। 

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहोर हटाउन बाँकी रहेको बताएका छन्। साथै, फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन्। 

‘सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहोर हटाउने क्रममा माथिबाट फोहोर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्‍र्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ,’ उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, ‘अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।’

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ। शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटरअगाडि सुरुङको एक भाग भत्केको थियो। (रासस)